Monday, October 7, 2024

कुवेतको भएको आगलागीमा ज्यान गुमाउने मध्ये ४० जना भारतीय भएको पुष्टि

spot_img

कुवेतको एक बहुतले भवनमा भएको आगलागीमा ज्यान गुमाउने ४९ मध्ये ४० जना भारतीय भएका पुष्टि भएको छ ।ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार राति बैठक गर्नुभएको थियो । आगलागीबाट प्रभावित परिवारलाई सहयोग गर्न हरसम्भव प्रयास गर्ने उहाँले बताउनुभएको छ । प्रधानमन्त्री मोदीले हिजै मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट २/२ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।

यो भवनमा धेरैजसो आप्रवासी कामदार बस्ने भएकाले मृतक पनि सबैजसो आप्रवासी नै हुनसक्ने खबरमा उल्लेख छ । आगलागीमा परि ५० जना घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय