Saturday, October 5, 2024

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिज सुपर ८ मा

spot_img

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिज सुपर ८ मा पुगेको छ। ब्रेन लारा स्टेडियममा भएको खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डमाथि १३ रनको जित निकालेको छ।

वेस्ट इन्डिजले दिएको १५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ओभर खेल्दै ९ विकेटको क्षतिमा १३६ रन मात्रै बनाउन सक्यो। जितसँगै वेस्ट इन्डिजले ६ अङ्क जोडेको छ र सुपर ८ मा पुगेको छ। न्युजिल्यान्डका लागि डिरेल मिचेलले सर्वाधिक ४० रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन। सुरुदेखि नै दबाबमा देखिएको न्युजिल्यान्डका फिन एलनले २६ र मिचेल स्यान्टरले २१ रनको पारी खेले भने अन्य कुनैपनि खेलाडी धेरै बेर टिक्न सकेनन्।

त्यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर १४९ रन बनायो। वेस्ट इन्डिजका लागि शेरफन रुथफोर्डल नट आउट रहँदै सर्वाधिक ६८ रनको योगदान गरे भने अन्य कुनैपनि खेलाडीले २० रन पनि कटाउन सकेनन्।

न्युजिल्यान्डका लागि भने ट्रेन्ट बोल्टले सर्वाधिक ३ विकेट लिए भने टिम साउथी र लकी फेरगुसनले समान २/२ विकेट हात पारे। यस्तै मिचेल स्यान्टर र जेम्स नसिमले समानले १/१ विकेट लिए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय