Sunday, October 6, 2024

समाजसेवी एवं कवि शेर बहादुर मेग्गी गुरुङद्वारा सडकमानवलाई भोजन सेवा

spot_img

संयुक्त राज्य अमेरिकाको बस्दै आउनुभएका समाजसेवी एवम् कवि शेर बहादुर मेग्गी गुरुङले उहाँको स्वर्गीय पिता बिर्ख बहादुर मेग्गी गुरुङ र माता नरमाया मेग्गी गुरुङको पूण्य तिथीको स्मृतिमा काठमाडौंका सडकपेटी, पुलमूनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य हुनुभएका सयौं गरीब दुःखीलाई यही जेष्ठ २७ गते रातको तातो खाना खुवाउनु भएको छ ।

स्वर्गीय पिता बिर्ख बहादुर मेग्गी गुरुङ
स्वर्गीय माता नरमाया मेग्गी गुरुङ

 

 

 

 

 

 

विगत पाँच वर्षदेखी भोका प्यासा मानिसहरुलाई खाना खुवाउँदै आएका युवा समाजसेवी प्रदिप घिमिरे ‘अमूल्य’लाई आर्थिक सहयोग उपलब्ध गराउनुभएको थियो ।


समाजसेवी गुरुङले मासिक रुपमा भोजन सेवाका लागि सहयोग गर्दै आउनुभएको छ । सेवा नै सबै भन्दा ठूलो धर्म हो भन्ने सोचका धनी भन्नुहुन्छ, “मरेपछि गरिने दान भन्दा जिउँदो हुदा गरिएको दान लाखौं गुणा ठूलो हुन्छ । जो भोको छ उसको लागि सहयोग गर्दा मलाई सन्तुष्टि प्राप्त हुन्छ । जीवन क्षणीक छ । मृत्यु शास्वत सत्य छ । मरेर लाने केही हैन । मेरेर लाने भनेको पाप र पुण्य मध्ये एक चै पक्का हो त्यसैले पनि म बाचुञ्जेल सकेको सहयोग गर्दछु । मेरो सहयोगको भोकले नियाउरो भएर कलेटी परेका ओठहरुमा मन्द मुस्कान प्रदान गर्न सकिन्छ भने किन नगर्ने ? मैले नगरे कस्ले गर्छ ? अहिले नगरे कहिले गर्ने ?”

उहाँले भोजन दान जस्तो पवित्र सेवामा सबैलाई सकेको सहयोग गर्नका लागि अपिल पनि गर्नुभएको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय