Saturday, October 5, 2024

आईसीसी टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई ६ रनले हरायो

spot_img

आईसीसी टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई ६ रनले हराएको छ । हारपछि पाकिस्तानको सुपर आठमा पुग्ने सम्भावना न्युन बनेको छ । पहिलो खेलमा पाकिस्तान अमेरिकासँग हारेको थियो ।

गएराति न्युयोर्कमा भएको खेलमा भारतले दिएको १ सय २० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले ७ विकेटको क्षतिमा १ सय १३ रन मात्र बनाउन सक्यो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै विकेट गुमाउँदै १ सय १९ रन बनाएको थियो । यो जितपछि भारतको २ खेलमा ४ अङ्क भएको छ ।

अमेरिकाको पनि २ खेलमा ४ अङ्क छ । क्यानाडाको २ खेलमा २ अङ्क रहेको छ भने पाकिस्तान २ खेलमा र आयरल्याण्ड १ खेलमा शून्य अङ्कमा छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय