Saturday, October 5, 2024

टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेदरल्याण्डस्लाई चार विकेटले हरायो

spot_img

आईसीसी टि–२० विश्वकपअन्तर्गत समूह डी को खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्डस्लाई चार विकेटले पराजित गरेको छ ।

नेदरल्याण्डस्ले दिएको एक सय चार रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८ ओभर पाँच बलमा छ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक अविजित ५९ रन बनाए । नेदरल्याण्डसका भिभियन किङ्मा र लोगान भ्यान बेकले समान दुई विकेट लिए । पॉल भ्यान मिकरेनले एक विकेट लिए ।

यसअघि न्यू योर्कमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा नौ विकेट गुमाएर एक सय तीन रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि साइब्रान्ड एंगलब्रेक्टले ४० रन बनाए ।

लगातार दुई खेल जितेको दक्षिण अफ्रिका चार अङ्कसहित समूह डी को शिर्षस्थानमा छ । दुई मध्य एक खेल जितेको नेदरल्याण्डस् दुई अङ्कसहित तेस्रो स्थानमा छ । समूह डी मा बैगलादेशको दुई अङ्क छ । नेपाल र श्रीलंका अङ्कविहिन छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय