Monday, October 7, 2024

गाजाको विद्यालयमा गरेको आक्रमणबारे स्पष्ट पार्न इजरायललाई अमेरिकाको आग्रह

spot_img

जेठ २५, काठमाण्डौ । संयुक्त राज्य अमेरिकाले विस्थापित मानिसले भरिएको गाजामा सञ्चालित राष्ट्रसङ्घीय एक विद्यालयमा हवाई आक्रमण गरेकोबारे स्पष्ट पार्न इजरायललाई आग्रह गरेको छ। इजरायली सेनाले नुसेरात शरणार्थी शिविरमा हिजो गरेको आक्रमणमा ३५ जनाको ज्यान गएको घटनाको सत्यतथ्य छानविन गर्न इजरायलले सघाउनु पर्ने अमेरिकाको भनाई छ ।

इजरायली सेनाले भने विद्यालयमा आक्रमण नगरी हमासले नियन्त्रण गरेको क्षेत्रलाई लक्षित गरेर आक्रमण गरेको दाबी गरेको छ । तर विद्रोही समूह हमासको सञ्चार कार्यालयले इजरायलको दाबीलाई अस्वीकार गरेको छ । अमेरिकाले इजरायललाई यसअघि ९ जना हमासका लडाकुका नाम सार्वजनिक गरेकामा मारिने सबै ३५ जनाकै नाम सार्वजनिक गर्नुपर्ने बताउँदै आएको बीबीसीले जनाएको छ ।

इजरायलले हिजो गरेको आक्रमणमा १४ जना बालबालिका मारिएका रिपोर्ट अमेरिकालाई प्राप्त भएको थियो । त्यसैले अमेरिकाले इजरायललाई आक्रमणबारे स्पष्ट र पारदर्शी भएर आवश्यक जानकारीहरु दिन आग्रह गरेको हो । गाजाको रफाहमा आक्रमण गर्दा ४५ जनाको ज्यान गएको एक हप्तापछि फेरि इजरायले हिजो आक्रमण गरेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय