Monday, October 7, 2024

इजरायली राहदानीमा प्रतिबन्ध लगाउने माल्दिभ्सको तयारी

spot_img

२४ बैशाख । माल्दिभ्सले इजरायली राहदानीमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यो निर्णय लागू भएपछि इजरायली नागरिकले माल्दिभ्स प्रवेश गर्न पाउने छैनन् । माल्दिभ्सका गृहमन्त्री अली इहुसानले इजरायली राहदानी भएका मानिसलाई माल्दिभ्स प्रवेशमा प्रतिबन्ध लगाउने कानूनमा संशोधन गर्ने निर्णय भएको बताउनुभएको छ ।

मन्त्रिपरिषद्ले प्रक्रियालाई तिब्रता दिन विशेष समिति पनि गठन गरेको अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ । यसैबीच इजरायलले आफ्ना नागरिकलाई माल्दिभ्स नजान चेतावनी दिएको छ । त्यहाँ रहेका इजरायलीलाई जतिसक्दो छिटो फिर्ता हुन पनि इजरायलले आग्रह गरेको छ ।

इजरायल र गाजामा भईरहेको युद्धबारे धेरै देशले निन्दा गरिरहेका छन् । माल्दिभ्सले पनि इजरायलले गाजामा निरन्तर आक्रमण गरिरहेपछि इजरायली नागरिकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यसबाहेक मन्त्रिपरिषद्ले प्यालेस्टाइनीहरूको लागि कोष जुटाउने र प्यालेस्टाइनलाई समर्थन गर्न मुस्लिम देशसँग छलफल गर्ने निर्णय गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय