Monday, July 8, 2024

मोरङको पथरी शनिश्चरेमा सामुहिक नृत्य प्रतियोगिता सम्पन्न

२४ बैशाख, मोरङ । मोरङको पथरी शनिश्चरे-१० मा सामुहिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । सुजाना डान्स सेन्टरको नामाकरण गरी स्थानिय भुटानी शरणार्थी क्याम्पका बालबालिकाहरुको लागि सञ्चालन गरिएको उक्त सेन्टरका आर्थिक सहयोग कर्ता समाजसेबी रेन्जु राईको छोरी सुजना राईको जन्म दिनको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

हाल अमेरिकामा हुनुहुने समाजसेबी राईको नियमित आर्थिक सहयोगमा नै डान्स सेन्टर सन्चालन गरिएको छ। उक्त प्रतियोगितामा ८ वटा टिमको सहभागीता थियो । प्रथम स्थानमा सुनाखरी क्लब, झापा बेलडाङ्गी, दोस्रो स्थानमा हाम्रो पथरी डान्स सेन्टर बुद्दचौक र तेस्रो स्थान पथरी डान्स सेन्टर, सिखर चौथो स्थान ओगट्न सफल भएको छ । बिजेता टिमलाई क्रमस २५ हजार रुपैयाँ, १५ हजार रुपैयाँ, ट्रफी र ७ हजार ५ सय रुपैयाँ र ट्रफी प्रदान गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा चर्चित कलाकार हेमन्त बुढाथोकी थिए भने निर्णायकमा नृत्य निर्देशक भुपेन्द्र तुम्बहाम्फे, लक्ष्मी समाल मगर र पेमा लामा रहेका थिए । अन्य अतिथिहरुमा कलाकार जीवन बराल, गीतकार गणेश थक्लुङ र अन्य स्थानिय समाजसेबीहरुको उपस्तिथी रहेको थियो ।

उक्त कार्यक्रममा अन्य सहभागी टिमहरुमा श्री हिरक बाल क्लब, श्री हिरक आधारभुत विद्यालय, आदर्श सिता आधारभुत विद्यालय , सुजना डान्स सेन्टर र हरपल सास्कृतिक क्ल्ब क्याम्प रहेको थियो । कार्यक्रमकमा डान्स सेन्टरका अध्यक्ष बिनम राईलको अध्यक्षता रहेको कार्यक्रममा कार्यक्रमको संचालन संचारकर्मी सुमन कुरुम्बाङले गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित
थप

लोकप्रिय