Monday, October 7, 2024

भारतको आसममा बाढीका कारण १८ जनाको ज्यान गयो

spot_img

जेठ २३ । भारतको उत्तरपूर्वी राज्य आसममा आएको बाढीका कारण १८ जनाको ज्यान गएको छ । बाढीका कारण छ लाख जनाभन्दा धेरै मानिस प्रभावित भएका छन् ।

बाढीले होजाई, करिमगञ्ज, मोरिगाँव, नगाँव, दिमा–हसाओ, कछार, डिब्रुगढ, हैलाकान्डी, गोलाघाट र कार्बी आङ्लोङ पश्चिममा असर पारेको अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ ।

यी जिल्लाहरूमा छ लाख २५ हजार तीन सय १८ जना मानिस बाढीबाट प्रभावित भएको एक अधिकारीले बताएका छन् । कछारमा भने चार जना बेपत्ता भएका खबरमा उल्लेख छ । अधिकारीहरूले पाँच सय ७७ गाउँ डुबानमा परेको र झन्डै छ हजार २३ हेक्टर बाली क्षेत्र क्षतिग्रस्त भएको उल्लेख गरेका छन् ।

आसम राज्य विपद् व्यवस्थापन प्राधिकरण ९एएसडीएमए० काअनुसार स्थानीय सरकारले प्रभावित क्षेत्रमा एक सय ९१ राहत शिविर तथा एक सय आठ वितरण केन्द्र खोलेको छ । प्रभावित क्षेत्रमा रेल ट्र्याकमा क्षति पुगेको कारण केही रेल सेवा पनि रद्द गरिएको अधिकारीहरूले बताएका छन् ।

गएको मे महिनामा पश्चिम बङ्गाल र बङ्ग्लादेशको तटमा आएको चक्रवात र भारी वर्षापछि आसम र मणिपुर राज्यमा बाढी आएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय