Monday, October 7, 2024

भारतमा लोकसभा चुनावको प्रारम्भिक मतपरिणाममा सत्तारूढ एनडीएको अग्रता

spot_img

जेठ २२ । भारतमा लोकसभा चुनावको प्रारम्भिक मतपरिणाममा सत्तारूढ भारतीय जनता पार्टी नेतृत्वको एनडीएले अग्रता लिएको छ । केहीबेर अघिको विवरणअनुसार एनडीएले दुई सय ९२ सिटमा अग्रता कायम गरेको छ । त्यस्तै कंग्रेस नेतृत्वको ईन्डिया गठबन्धन दुई सय ३७ सिटमा अगाडि छ ।

कंग्रेससहितका केही दल मिलेर इन्डिया गठबन्धन बनाएका थिए । अन्य दल १४ सिटमा अगाडि रहेका भारतीय निर्वाचन आयोगलाई उद्धृत गरी इन्डिया टिभीले जनाएको छ । ५ सय ४२ लोकसभा सिटको मतगणना अहिले भइरहेको हो । भारतीय निर्वाचन आयोगकाअनुसार ५ सय ४३ लोकसभा सिटमध्ये गुजरातको सूरत लोकसभा सिटबाट भाजपाका मुकेश दलाल यसअघि नै निर्वाचित भइसक्नुभएको छ ।

त्यहाँ कंग्रेस उम्मेदवारको उम्मेदवारी रद्द भएपछि बाँकी स्वतन्त्र उम्मेदवारले पनि आफ्नो नाम फिर्ता लिएका थिए । सम्पूर्ण नतिजा आएसँगै अर्को सरकार कुन दल वा गठबन्धनले बनाउने भन्ने टुङ्गो पनि लाग्नेछ । पाँच सय ४३ सदस्यीय लोकसभामा बहुमत पुर्‍याउन दुई सय ७२ सिट चाहिन्छ । गएको अप्रिल १९ तारिखदेखि शुरु भएको मतदान सात चरणमा गरी गएको शनिवार सकिएको थियो ।

लगत्तै सार्वजनिक भएको एक्जिट पोलअनुसार भाजपाले लगातार तेस्रो पटक सरकार बनाउने प्रारम्भिक अनुमान गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय