Sunday, October 6, 2024

अमेरिकी राष्ट्रपति बाइडेन पुत्र हन्टर निर्णायक मण्डल ‘जुरी’को संघीय बन्दुक सुनुवाइमा अदालतमा उपस्थित

spot_img

संयुक्त राज्य अमेरिकाको वर्तमान राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन निर्णायक मण्डल ‘जूरी’ को संघीय बन्दुक सुनुवाइका सिलसिलामा अदालतमा हाजिर भएका छन् । यही जुन ३ सोमबारबाट सुनुवाई प्रारम्भ भएको छ । निर्णायक मण्डल ‘जूरी’ सोमबार दिउँसो अमेरिकाको डेलावेयर राज्यको डेलावेयरमा बसेको थियो । हन्टर विरुद्ध अभियोग अमेरिकी जिल्ला न्यायाधीश म्यारी एलेन नोरिकाले हेरेकी छिन् । हन्टरलाई गत सेप्टेम्बरमा संघीय बृहत निर्णायक मण्डल (ग्रान्ड जूरी) द्वारा अभियोग लगाइएको थियो ।

उक्त केसमा (ट्रायल) को पहिलो दिन १२ जना निर्णायक मण्डल जसमा चार वैकल्पिकहरु सहित १० जना महिला र ६ जना पुरुषले शपथ लिएका थिए । न्यायाधीश नोरिकाले निर्णायक मण्डललाई निर्देशन दिएकी थिइन् ।

प्रारम्भिक सुनुवाई मंगलबार सुरु हुनेछ । राष्ट्रपति बाइडेनका छोराले सन् २०१८ मा लागूऔषध प्रयोगकर्ता हुँदा अवैध खरिद तथा हतियार राखेको सम्बन्धमा ३ वटा जघन्य आरोपहरूको सामना गरिरहेका छन् ।

अदालतमा अमेरिकी प्रथम महिला प्रा.डा. जील बाइडेन पनि छोराकै पछाडी बसेकी थिइन् भने हन्टरकी श्रीमती मेलिसा कोहेन बाइडेन, सौतेनी बहिनी एश्ले बाइडेन लगायतले उपस्थिति जनाएका थिए तर राष्ट्रपति जो बाइडेन भने उपस्थित भएका थिएनन् ।

नोरिकाले भने हन्टर बाइडेनका वकिलहरूलाई बन्दुक किन्नको लागि भरेको बन्दुक खरिद फारमको दोस्रो संस्करण प्रमाणमा स्वीकार गर्न अनुमति दिन अस्वीकार गरेकी थिइन् ।

राष्ट्रपति जो बाइडेन पुत्र हन्टर बाइडेन विरुद्ध संघीय बन्दुकको आरोप

राष्ट्रपति पुत्र हन्टरलाई संघीय बन्दुक फारम (आवेदन पत्र) मा उनले लागु औषध प्रयोगको बारेमा झुटो बयान दिएको आरोप लागेको थियो । हन्टर कुनै पनि नियन्त्रित पदार्थको लतमा थिएनन् भनेता पनि अभियोजकहरूले हन्टरमा कोकिन सेवनको लत थियो भन्दै आरोप लगाएका थिए । तर हन्टर बाइडेनले कोल्ट कोब्रा. ३८ बिशेष बन्दुक (स्पेशल रिभल्भर) किनेका थिए तर हन्टर बाइडेनका वकिलहरूले आरोप अस्वीकार गरेको जनाइएको छ । राष्ट्रपति पुत्र हन्टर बाइडेनका वकिलहरूले दायर गरेको उक्त अभियोग खारेज गर्ने प्रस्तावलाई न्यायाधीश नोरिकाले अस्वीकार गरेकी थिइन् भने संघीय अपील अदालतले पनि उनको खारेज गर्ने प्रस्तावलाई अस्वीकार गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय