Monday, October 7, 2024

भारतको जम्मुमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २२ जनाको मृत्यु

spot_img

जेठ १८, काठमाण्डौ ।  भारतको जम्मुमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २२ जनाको ज्यान गएको छ । ५७ जना घाइते भएका छन् । बस जम्मू–पुन्छ राजमार्गमा पर्ने कालीधर मन्दिर नजिकै टाङ्ली मोडमा दुर्घटनामा परेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

उत्तर प्रदेशको हातरस तथा हरियाणाको कुरुक्षेत्रबाट यात्रु बोकेर जम्मूको रियासीमा रहेको शिवखोरी धाम गइरहेको बस दुर्घटना हुदाँ आठ जना महिला र २ जना बालबालिकासहित २२ जनाको ज्यान गएको खबरमा उल्लेख छ । घाइतेहरूको अखनूरको स्थानीय अस्पताल र जम्मूको सरकारी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेप्रति शोक व्यक्त गर्दै परिवारलाई राहत रकम प्रदान गर्ने घोषणा गर्नुभएको छ । उहाँले दुर्घटनामा ज्यान गुमाएका प्रत्येकको आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ दिइने बताउनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय