Sunday, October 6, 2024

समाजसेवी रञ्जित गजमेरको परिवारद्वारा स्व. डम्बर लकन्द्रीको सम्झनामा सडकमानवलाई खाना वितरण

spot_img

संयुक्त राज्य अमेरिका बस्दै आउनुभएका समाजसेवी रञ्जित गजमेरको परिवारले दुःखी गरीबलाई भोजन सेवा गराउनुभएको छ । समाजसेवी रवि गजमेर एवम् दील गजमेर, रञ्जित गजमेर एवम् सर्मिला राइको सक्कल परिवारले खाना वितरण गराउनु भएको छ ।

समाजसेवी रवि गजमेर एवम् दील गजमेर, रञ्जित गजमेर एवम् सर्मिला राइको सक्कल परिवार

उहाँहरुले घरबारविहीन भएर काठमाडौंको चिसो सडकपेटी, पुलमुनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य भएका सयौं गरीब, दुःखी, वृद्ध, शारीरिक तथा मानसिक अवस्था ठीक नभएका मानिसहरुलाई भोजन सेवा गराउनु भएको हो । रञ्जित गजमेरको कान्छो मामा स्वर्गीय डम्बर लकन्द्रीको १३ औं दिनको पूण्य तिथिको दिन जेष्ठ १६ गते (तदनुसार २९ मे २०२४) मा गरीब, दुःखीहरुलाई भोजन गराउनु भएको छ । उहाँहरुले स्वर्गीय डम्बर लकन्द्रीको चिर शान्तिको कामना गर्दै उहाँको स्वर्गमा बास होस भनी पवित्र मनले भोजन सेवा गराउनुभएको छ ।

स्वर्गीय डम्बर लकन्द्री

अरुको दुःख हाम्रो दुःख हो भनेर सम्झने समाजसेवी गजमेर परिवारले विगतमा पनि भोजन सेवा गराउनुको साथै विभिन्न सामाजिक क्षेत्रमा आफूले सकेको सहयोग गर्दै आउनुभएको छ ।

रञ्जित गजमेर भन्नुहुन्छ, “संसारको सबै दानहरुमध्ये सबै भन्दा ठूलो र महत्वपूर्ण दान भोजन दानका लागि हामी सकेको सहयोग गरिरहनेछौं ।”

समाजसेवी गजमेर परिवारले उक्त भोजन सेवा गराउनका लागि कोरोनाको सुरुवाती चरण (पाँच वर्ष) देखी दुःखी गरबिहरुका लागि रात्री भोजन सेवाको अभियान चलाउँदै आएका काठमाडौंका समाजसेवी प्रदिप घिमिरेलाई आर्थिक सहयोग उपलब्ध गराउनुभएको थियो ।

समाजसेवी गजमेरको परिवारले सबैलाई कम्तिमा एक दिन भए पनि भोजन सहयोग गरिदन अपिल समेत गर्नुभएको छ । भोजन सेवा गराउन चाहनुहुने महानुभावहरुले ९७७ ९८४१ १४१४६८ अथवा १९६५१०२४६६९५६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय