काठमाडौं:- अमेरिकाले क्रिकेटर सन्दिप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दिप लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी दिएका छन् ।
सन्दिप बलात्कार मुद्दामा सफाई पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान) ले सम्पूर्ण प्रक्रिया पुरा गरेको थियो । क्यानले सन्दिपको सम्पूर्ण कुराहरु पुरा गरेको भएता पनि अमेरिकी दूतावासले भिसा दिएन ।
नेपालस्थित अमेरिकी दूतावासले सन् २०१९ मा जे गरेको थियो अहिले पनि त्यही गर्यो । यो दुर्भाग्य कुरा हो । सन्दिप भन्छन्: मैले यसपाली भाग लिन पाइन त्यसको लागि नेपाली क्रिकेटका सम्पूर्ण शुभेच्छुकहरुसँग माफी चाहन्छु ।
क्यानका सदस्य समेत रहेका दुर्गा पाठक भन्छन्: सन्दीपको भिसा जारी भएन । सन्दिप आजै मंगलबार नै अमेरिका जाने तयारी थियो ।