Monday, October 7, 2024

इजरायली प्रधानमन्त्री नेतान्याहूमाथि बाँकी बन्धक छुटाउन दबाब

spot_img

जेठ ६, काठमाण्डौ । इजरायली सेनाले गाजामा अर्का एक बन्धकको पनि शव भेटिएको बताएको छ । गाजामा खोज तथा कारबाहीका क्रममा ५३ वर्षका रोन वेन्जामिनको शव भेटिएको इजरायली सेनाका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

रोन वेन्जामिनलाई प्यालेस्टिनी विद्रोही समूह हमासले गएको अक्टोर ७ मा इजरायलमा आक्रमण गर्दा बन्धक बनाएको थियो । यसअघि अस्ति शुक्रवार तीन जना बन्धकको शव भेटेको इजरयाली सेनाले बताएको थियो ।

यसैबीच इजरायली युद्ध मन्त्रिपरिषद्का मन्त्री बेन्नी गान्ट्जले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाको लागि युद्धपछिको योजना नबनाए राजीनामा दिने धम्की दिनुभएको छ । उहाँले गाजामा हमास शासनको अन्त्य र बहुराष्ट्रिय नागरिक प्रशासन स्थापनासहित छ वटा रणनीतिक लक्ष्य प्राप्त गर्ने योजना नबनाए राजीनामा दिने धम्की दिनुभएको बीबीसीले जनाएको छ ।

उहाँले योजना बनाउन यही जुन आठ तरिखसम्मको समय दिनुभएको छ । प्रधानमन्त्री नेतान्याहूमाथि बन्धक रिहा र गाजामा युद्धपछिको योजना बनाउन देशभित्र दबाब बढ्दै गएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय