Sunday, October 6, 2024

स्व. कृषि वैज्ञानिक प्रा.डा. गोविन्द रिजालको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

spot_img

भूटानी समाजका एक मात्र कृषि वैज्ञानिक, लेखक, साहित्यकार एवम् भूटानी शरणार्थीको हक हितको लागि प्राज्ञिक तहमा बहस पैरवी गर्दै आउनु भएका प्राज्ञिक एवम् वौद्धिक व्यक्तित्व त्रिभुवन विश्व विद्यालय कीर्तिपुरका प्राध्यापक डाक्टर गोविन्द रिजालको यही मिति २०८१ साल बैशाख २३ गते आइतबार दिउँसो कीर्तिपुरमा बस दुर्घटनामा परी घटनास्थलमै निधन भएको थियो । डा. रिजालको पोस्टमार्टम पश्चात बैशाख २६ गते बुधबार मातातिर्थ औंशी एवम् आमाको मुख हेर्ने दिन दिउँसो अन्दाजी १:३० बजे पशुपति आर्यघाटको चित्ता नम्बर २ मा अन्त्यष्टि गरिएको थियो । डा. रिजालको पार्थिव शरीरमा उहाँकी अर्धािङ्गनी डा. शान्ता कार्कीले दाग बत्ती दिनुभएको थियो । उहाँलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि नेपाल सरकारको शिक्षा सचिव, त्रिभुवन विश्व विद्यालयका प्राध्यापक, स्टाफ, विभिन्न नेता, कार्यकर्ता, समाजसेवी, बुद्धिजीवी, लेखक, साहित्यकार लगायतका विशिष्ट व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहको थियो ।

मिजासिलो स्वभाव भएका कृषि वैज्ञानिक प्रा.डा. गोविन्द रिजाल आफूलाई अनवरत रुपमा समाजसेवामा समर्पित गर्दै आउनुभएको थियो । डा. रिजालको निधनले नेपाल र सिङ्गो भूटानी समाजलाई अपूर्णनीय क्षति पुगेको छ । डा. रिजालको निधले सिङ्गो भूटानी समुदाय शोकमा डुबेको भूटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले जनाएका छन् । बलराम पौडेल भन्नुहुन्छः- “हामी यतिबेला आमा मरेको टुहुरो जस्तो भएका छौं । डा. रिजालको अभाव हामीलाई सँधै खड्किनै रहने छ ।”

प्रा.डा. गोविन्द रिजालको स्मृतिमा आज मिति २०८१ जेष्ठ १ गते मंगलबार मध्यान्न ११ बजे भूटानी शरणार्थी बस्ती व्यवस्थापन समितिको कार्यालय परिसर बेलडाँगीमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । उक्त श्रद्धाञ्जली सभामा बेलडाँगी शिविर सचिव सञ्चहाङ सुब्बा, भूटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेल, नमस्ते अस्पतालका डा. बेदनिधी खतिवडा, भूतपूर्व शिविर सचिवहरु धनवीर सुब्बा, चम्पासिंह राई, लिटरली सोसाइटी अफ भूटानका सचिव दिल भुटानी, अध्यक्ष तिलक राई, व्यवस्थापन समितिको साइड प्लानिङ्ग फोकल परसन वीरमान मगर, सांगितिक सपोर्टमा भूटनीज आइडल दावा तामाङ, योगराज लुङ्गेली, बलराम मगर लगायतको टिम सदस्यरहरु साथै लुथरन वल्ड फेडरेशनका पशुपति प्रसाद सुवेदी, डायस्पोरा संस्थाका शिविर प्रतिनीधीहरु, शिविर भित्रका महिला मञ्ज, बाल मञ्च, लगायत सिङ्गो भूटानी समुदायको बाक्लो उपस्थिति रहको बेलडाँगी शिविर सचिव सञ्चहाङ सुब्बाले भूटनीज न्यूजका इडिटर प्रदिप घिमिरे ‘अमूल्य’लाई जानकारी दिनुभएको थियो ।

प्रा.डा. रिजालको दुःखद निधनप्रति भूटनीज न्यूजको सिङ्गो टीम हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना अर्पण गर्दछ ।

तस्विर: सञ्चहाङ सुब्बा

 

 

 

 

 

 

 

 

 

 

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय