Monday, October 7, 2024

रफाह शहरका मानिसलाई अन्यत्र जान इजरायलद्वारा उर्दी जारी

spot_img

बैशाख ३०, काठमाण्डौ । जरायलले गाजाको रफाह शहरका थप दशौं हजार मानिसलाई अन्यत्र जान भनेको छ । यसअघि एक लाख जनाभन्दा धेरै मानिसलाई शहरबाट निकालेर आक्रमण शुरु गरेको इजरायलले पूर्वी रफाहका थप दशौं हजार मानिसलाई अन्यत्र जान भनेको बीबीसीले जनाएको छ ।

इजरायलले सामाजिक सञ्जाल र बेलुन उडाएर सहर छाड्ने चेतावनी दिएपछि मानिस घर छाडेर हिँडिरहेका छन् । इजरायलले रफाहका बासिन्दालाई तटीय क्षेत्र अल मावासीमा जान भनेको छ । रफाह शहरमा आक्रमण नगर्न अमेरिकाले दिएको चेतावनीका बीच इजरायलले आक्रमण थप बढाएको छ ।

आफूले दिएको हतियार रफाह शहरमा दुरुपयोग भएको भन्दै अमेरिकाले हतियार आपूर्ति रोकेको भए पनि इजरायलले एक्लै युद्ध लड्ने भन्दै आक्रमणलाई थप तीब्र बनाएको बीबीसीले जनाएको छ । रफाहमा हुने आक्रमणमा ठूलो सङ्ख्यामा सर्वसाधरणको ज्यान जान सक्ने अमेरिकासहित इजरायलका सहयोगी देशको भनाई छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय