Monday, October 7, 2024

इजरायली सेनाद्वारा गाजाको रफाह शहरमा आक्रमण शुरु

spot_img

बैशाख २५, झापा । इजरायली सेनाले गाजाको रफाह सहरमा आक्रमण शुरु गरेको छ । इजरायलले रफाहमा विद्रोही लडाकु समूह हमासलाई लक्षित गरेर आक्रमण थालेको बीबीसीले जनाएको छ । यसअघि इजरायलले खान युनिस नजिकै रहेको शिविरबाट एक लाख जना शरणार्थीलाई अन्तैका राहत शिविरमा जान आग्रह गरेको थियो । इजरायले हमासको युद्धविराम सम्झौतालाई स्वीकार गरे पनि रफाहमा आक्रमण गरिरहेको छ ।

यसैबीच, युद्धविरामको सम्झौताबारे थप वार्ताका लागि कायरोमा प्रतिनिधिमण्डल पठाउने तयारी गरिरहेको इजरायलले जनाएको छ । यसअघि इजरायलले हमासले गरेको सम्झौता इजरायलको मागभन्दा धेरै टाढा रहेको बताएको थियो । युद्धविरामको लागि इजिप्ट र कतारले मध्यस्थता गरेको थियो । यद्यपी इजरायल र हमासले युद्धको अवस्था ल्याउनुमा एकअर्कालाई आरोप प्रत्यारोप गरेर वार्ता असफल बनाएका थिए । युद्धविराम प्रस्तावका सर्तबारे भने कुनै जानकारी दिइएको छैन ।

यो सम्झौतामा इजरायली बन्दीहरुको रिहाईको बदलामा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरुलाई रिहा गर्ने प्रस्ताव आउने सम्भावना रहेको खबरमा उल्लेख छ ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि इजरायलको सरकार र हमासलाई सम्झौतामा सहमत हुन अतिरिक्त प्रयास गर्न आग्रह गर्नुभएको छ । उहाँले इजरायलले हमासमाथि निरन्तर गरिरहेको कारवाही चिन्ताजनक रहेको बताउनुभएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय