Friday, November 22, 2024

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को ८ औं साधारणसभा

spot_img
अर्पित राई

१९ भाद्र, काठमाडौं। भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्याल देशको आर्थिक समृद्धि र विकासमा अब सहकारीलाई मेरुदण्डको रुपमा विकास गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को ८ औं साधारणसभा लाई आज सम्बोधन गर्दै उहाले सहकारी थोरै तर प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । हजारौ सहकारीमा समस्याहरु अनेकौ भएको र त्यसलाई व्यस्थापन गरी दिगो विकासमा जोड दिनुपर्ने मन्त्री अर्यालले बताउनुभयो ।

गरिबी उन्मुलनका लागी गरिबी परिचय पत्र भन्दा रोजगारको अवसर सिर्जना गर्न आवश्यक रहेको बताउदै त्यसका लागी सहकारीको माध्यमबाट भुमि, कृषि, उद्यम व्यापार र उत्पादनशिल क्षेत्रमा प्ँँइलट कार्यक्रम सञ्चालन गर्ने मन्त्री अर्यालले बताउनुभयो ।

कार्यक्रममा संस्थाको बारेमा बताउदै दिनदिनै ओझेलमा परेको सहकारी पत्रकारीता क्षेत्रमा कलम चलाउने पत्रकारहरु निरुत्साहित हुदै गएको र विदेश पलायन भएको चुनौतीका रुपमा देखाउदै, सरकारले सहकारी पत्रकारहरुलाई हौसला दिनुपर्ने र यसक्षेत्रमा पनि भविस्य सुनिश्चित गराउनुपर्ने, नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को अध्यक्ष खिलनाथ दाहालले बताउनुभयो ।

कार्यक्रमा ६० भन्दा बढि सहकारी पत्रकारहरुको उपस्थिति रहेको थियो । स्थापना दिवसका अवसरमा संस्थाको स्मारीका विमोचन गर्दै संस्थाका पूर्व अध्यक्ष द कान्तिपुर पोष्टका राजेश खनाललाई सम्मन स्वरुप नगत र प्रमाण पत्र हस्तान्तरण गरीएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय