Saturday, October 5, 2024

धम्बोझी नेपालगञ्जमा फुटबल प्रतिष्ठान बन्ने

spot_img

नेपालगञ्ज, १९ भदौ (रासस)
नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित विशालनगरमा फुटबल प्रतिष्ठान बन्ने भएको छ ।

प्रतिष्ठान निर्माणका लागि वडा कार्यालयको समन्वयमा स्थानीय गोकुलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले २३ कठ्ठा जग्गा बाँके जिल्ला फुटबल सङ्घलाई उपलब्ध गराएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रतिष्ठान निर्माणका लागि रु पाँच लाख उपलब्ध गराएको सङ्घका जिल्ला अध्यक्ष भोजराज शाहीले बताउनुभयो ।

सो प्रतिष्ठानमा आठदेखि १० वर्ष उमेरका करीब ६०० बालबालिकालाई प्रशिक्षणमा सहभागी गराउने लक्ष्य छ । नेपालगञ्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजालले प्रतिष्ठानका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय