Sunday, October 6, 2024

भुटानी नेता डम्बर सिंह घलेको निधन

spot_img

भुटानी वरिष्ठ नेता, भुटान युवा संगठनका पूर्व अध्यक्ष तथा समाजसेवी श्री डम्बर सिह घलेको ५८ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारको क्रममा १८ मार्च २०२४ मा जर्जियाको एटलान्टामा निधन भएको छ ।

६ जुन, १९६६ मा किर्ने चेङ्मारी, सामची भुटानमा जन्मिएको घलेले ९० को दशकको सुरुवाती च।णममा आफ्नो परिवारसँग भुटान छाडेर भुटानी शरणार्थी शिविर बेलडाँगी ३, दमक, झापा नेपालमा बसाइँ सरेका घले ९० को दशकको उत्तरार्धमा पुर्नवासका सिलसिलामा संयुक्त राज्य अमेरिकाको भर्जिनियामा प्रस्थान गरेका थिए । लामो भर्जिनिया बसेका घले पछिल्लो समय एट्लान्टाको जर्जिया बसाइँ सरेका थिए ।

उनको दुःखद निधनले भुटनीज समाजमा अपूर्णनीय क्षती भएको विभिन्न समाजसेवीहरुले बताएका छन् । उनको निधनले परिवारजन तथा भुटनीज समाजमा शून्यता छाएको छ । सिङ्गो भुटानी समाजका महान नेता तथा समाजसेवी घले आधुनिक भुटानको इतिहासको स्रोत, देशभक्ति, इमान्दारी, सच्चा नेतृत्व, सहयोगी, प्रेरणा, आकांक्षा र बुद्धिका किरणहरूको ठूलो अभाव श्रृजना हुने समाजसेवीहरुले बताएकाछन् । भुटानी शरणार्थी समुदायको हितमा घलेको अतुलनीय योगदान रहँदै आएको थियो ।

भुटनीज न्यूज डम्बर सिंह घलेको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका सथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय