Saturday, October 5, 2024

दोस्रो नक्षत्र ब्याडमिन्टन च्याम्पियनसिप मे ११ मा आयोजना हुने

spot_img

दोस्रो नक्षत्र ब्याडमिन्टन च्याम्पियनसिप प्रतियोगिता २०२४ मे ११ मा अमेरिकाको कोलम्बसमा आयोजना हुने भएको छ ।

नक्षत्र फाउण्डेशनको आयोजनामा कोलम्बसको ओहियोमा हुने प्रतियोगिता मेन्स सिङगल्स ए र बी डिभिजन, मेन्स डबल्स ए र बी डिभिजन र वुमेन्स सिंगल्स ए डिभिजन विभाजन गरी खेलाईने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुनेका लागि ५ अप्रिल देखी रजिस्ट्रेशन फर्म खुल्ला गरिनेछ । रजिस्टे्रशन वापत प्रतिखेलाडी २५ डलर लाग्ने र विद्यागत प्रतिस्पर्धाका लागि थप २० डलर शुल्क लाग्नेछ ।

प्रतियोगिताको विजेताले मेन्स डबल्स ए लेभल तर्फ १ हजार २ सय डलर प्राप्त गर्नेछ भने उपविजेताले ९ सय डलर पाउनेछ । बि लेभलमा विजेताले ९ सय डलर पाउनेछ भने उपविजेताले ७ सय डलर पाउनेछ । त्यस्तै मेन्स सिंगल्समा ए लेभल तर्फ विजेताले ७ सय डलर र उपविजेताले ५ सय डलर पुरस्कार पाउनेछ त्यस्तै वि लेभलमा विजेताले ६ सय र उपविजेताले ४ सय डलर पाउने आयोजकले जनाएको छ ।

यसैगरी वुमेन्स सिंगल्स तर्फ विजेताले ७ सय र उपविजेताले ५ सय डलर पुरस्कार पाउनेछ । प्रतियोगितामा नेपाली भाषीहरुले मात्रै सहभागी बन्न पाउनेछन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय