Monday, October 7, 2024

मालवाहक पानीजहाजमा हुथीको आक्रमणमा ३ जनाको ज्यान गयो

spot_img

यमनका हुथी विद्रोहीले नेपाली सुरक्षा गार्डसमेत रहेको एक मालवाहक पानीजहाजमा आक्रमण गर्दा तीन जनाको ज्यान गएको छ । जहाजमा २० जना चालक दलका सदस्य र सशस्त्र गार्ड रहेकामा एक जना नेपाली पनि रहेका बीबीसीको खबरमा उल्लेख छ ।

जहाजमा रहेका नेपाली सशुसल छन्, घाइते छन् वा मारिएका छन् भन्नेबारे खुलेको छैन । पहिल्लो केही महिनादेखि हुथीले विभिन्न देशमा पानी जहाजमा आक्रमण गर्दै आए पनि ज्यान गएको भने यो पहिलो घटना हो । इजरायलले गाजामा अनाथ मानिसहरूमाथि गरिरहेको आक्रमणको विरोधमा जहाजमा आक्रमण गरिरहेको हुथीले बताएको छ । उनीहरूले इजरायल वा उसलाई समर्थन गरेको देशहरूसँग सम्बन्ध भएका पानीजहाजलाई निसाना बनाएर आक्रमण गर्ने गरेका छन् ।

हिजो भएको आक्रमणमा चालक दलका तीन जनाको ज्यान गएको र चार जना घाइते भएका अमेरिकी सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । हिजो अदनको खाडीमा बार्बाडोसको झण्डासहित सामान बोकेको जहाजमा हुथीले आक्रमण गरेपछि आगो लागेको थियो ।

अमेरिका र बेलायतले हुथीको यो आक्रमणको चर्को निन्दा गर्दै उनीहरूले मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । अमेरिका र बेलायतले यमनमा हुथीका अखडामा आक्रमण पनि गर्दै आएका छन् तर हुथी पछि हटेको छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय