Monday, October 7, 2024

बेलडाँगी शरणार्थी शिविरमा आगलागी, तीन छाप्रा जले

spot_img

दमकस्थित भुटानी शरणार्थी शिविरमा आज बिहान आगलागी भएको छ ।

दमक नगरपालिका वडा नं.३ को बेलडाँगी भुटानी शरणार्थी शिविरमा बिहान तीन बजेतिर भएको आगलागीमा तीन वटा छाप्रा जलेका छन् ।

शरणार्थी शिविर सेक्टर-सी फोर बस्ने भीमबहादुर घिमिरेको बाँसको टाटी तथा टिनको छाना भएको घरमा आगो लागेको र सँगै रहेका अरु दुई वटा छाप्रा समेत जलेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

आगलागीबाट लत्ताकपडा, अन्नपात जलेर नष्ट भएको छ । दमक नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो । बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय