Saturday, October 5, 2024

अशोज ११ देखि १८ गतेसम्म हाम्रो पूर्वाञ्चल अन्र्तराष्ट्रिय गोल्डकप हुने

spot_img

बिर्तामोड । झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा जायोन स्पोर्टस् क्लव बिर्तामोडको आयोजनामा अशोज ११ देखि १८ गतेसम्म ‘हाम्रो पूर्वाञ्चल अन्र्तराष्ट्रिय गोल्डकप २०७६’ हुने भएको छ ।

आयोजक क्लवले मंगलवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका वारेमा जानकारी दिएको छ । प्रतियोगितामा दुई विदेशीसहित आठवटा टीमको सहभागिता रहनेमा नेपालका ए डिभिजनका ४ क्लवले प्रतियोगितामा सहभागिता जनाउने झापा जिल्ला फूटवल संघका महासचिव शेरबहादुर बस्नेतले बताए ।

प्रतियोगिताको ब्राण्ड एम्बासेडरमा क्लवले फुटवलका राष्ट्रिय महिला टिमका प्रशिक्षक हरि खड्कालाई नियुक्त गरेको छ । प्रतियोगितामा ब्राण्ड एम्बासेडर राखेको सम्भवतः नेपालमै पहिलोपटक हुन सक्छ, प्रशिक्षक खड्काले भने ।

प्रतियोगितामा विजेता टिमलाई १२ लाख ५० हजार र उपविजेतालाई ६ लाख २५ हजार रुपैयाँ नगदसहित ट्रफि र मेडल प्रदान गरिने कल्वका अध्यक्ष भक्तबहादुर भुजेलले जानकारी दिए । उनले प्रतियोगितामा प्रत्येक दिन ‘म्यान अफ द म्याच’ र फाइनलमा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान, सर्वाधिक गोलकर्ता खेलाडीलाई नगद पुरस्कार र उत्कृष्ट खेलाडीहरुलाई विशेष उपहार प्रदान गरिने बताए । प्रतियोगिताका लागि अनुमानित ८० लाख खर्च हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा क्लवका उपाध्यक्ष अविनाश राई, सचिव महेन्द्र पाण्डे, क्लवका सहसचिव दिेपेन्द्र अछामीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन क्लवका सदस्य गौरीमान राईले गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय