Monday, October 7, 2024

मानव वेचबिखन तथा बाल यौन शोषण विरुद्ध जनचेतना मुलक तालिम सम्पन्न

spot_img

असार २४, काठमाण्डौ । नेपालमा हुने गरेका यौन दुरव्यवहार तथा मानव बेचविखनका बिरुद्धमा जनचेतना अभिवृद्धि गर्ने र त्यस्ता गतिविदिहरु हुन नदिन स्थानिय बाल तथा युवा क्लब साथै समुदायलाई नै तालिम दिइ परिचालन गर्ने उदेश्य सहित ललितपुरको सादोबाटोमा मानब बेचविखन तथा बाल यौन शोषण सम्वन्धि चार दिने तालिमको आयोजना गरीएको छ । ‘अरफेन भोइस’ को सहयोगमा दयाका हातहरु नेपाल नामक गैरसरकारी संस्थाले सो तालिमको आयोजना गरेको हो ।

अभिमुखीकरण तालिममा बाल तथा मानव हिंसाका घटना पहिचान गर्न सिकाउने बताइएको छ । दयाका हातहरु नेपालका कार्यक्रम व्यवस्थापक कृष्ण कुमार दाहालले अहिले पनि प्रत्येक बर्ष ७ हजार देखि १२ हजार जना नेपालीहरु यौन दुरव्यवहार तथा बेचविखनमा पर्ने गरेको भन्दै यसका विरुद्धमा जनचेतना अभिविृद्धी गर्न र रोकथामका कार्यहरु अगाडी बढाउन तालिमको आयोजना गरेको बताए । उनले भने, ‘अहिले हिंसाका घटनाहरु बढि रहेका छन्, तर पनि कयौं घटनाहरु बाहिर आएका छैनन् । समुदायमा नै मिलापत्र गर्ने र घटनालाई ढाकछोप गर्ने प्रवृति छ । त्यसैले घटनाको पहिचान कसरी गर्ने र कानुनि उपचारको पहल कसरी गर्ने भन्ने सिकाउछौँ ।’

उनले तालिममा सहभागिहरुलाई हिंसा सम्बनधी घटनाहरु घटेमा कसरी व्यवस्थापन गर्ने भनेर सिकाइने जानकारी दिए । उनले भने,‘ मानवबेचविखन वा यौन दुरव्यवहार भयो भने कसरी व्यवस्थापन गर्ने ? कानुनी उपचार कसरी पाइन्छ ?, त्यसका लागि कहाँ जाने ? भनेर जानकारी दिन्छौँ ।’ दाहालले सहभागिहरु सँग मिलेर बार्षिक कार्ययोजना तयार पार्ने तथा उनिहरुलाई जनचेतना फैलाउन पहलकदमि गर्दै समाजमा पठाइने समेत बताए ।

अभिमुखिकरण कार्यक्रममा टंक प्रसाद सुवेदीले सहजिकरण गर्नेछन् भने तालिममा ३० जना भन्दा बढिको सहभागिता रहेको जानकारी दिइएको छ । मङ्गलबारदेखि सुरु भएको तालिम शुक्रबार सम्पन्न हुनेछ ।

दयाका हातहरु नेपालले बिकास राहात र पैरवीको क्षेत्रमा काम गर्ने संस्था हो । दिगो जिविकोपार्जन, आपतकालिन राहत, बालबालिकाहरुको सर्वागिंण विकास, स्वास्थ तथा सरसफाइ तथा पैरवीको क्षेत्रमा नेपालका ११ भन्दा बढि जिल्लाहरुमा कार्य गर्दै आइरहेको छ । यसले बिभिन्न समयमा समाजमा बिकास निमार्णका कामहरु संचालन गर्ने गरेको, विभिन्न कारणले गर्दा पिडित बनेका व्यक्तिहरुलाई साथ र सहयोग पुर्‍याउदै आएको दाहालले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय