Monday, October 7, 2024

बन्दका कारण झापासहित देशभरको जनजीवन प्रभावित

spot_img

१० असार, झापा । सालार्हीमा आफ्ना कार्यकर्ताको हत्याको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण मंगलबार झापासहित देशभरको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण झापाको कांकरभिट्टा, धुलाबारी, बिर्तामोड, चन्द्रगढी, दमक लगायतका शहरहरु बिहानैदेखि बन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बन्दका कारण यातायात सञ्चालन हुन नसक्दा गन्तव्य तर्फ हिडेका यात्रु अलपत्र परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बन्दका कारण विद्यालय बन्द रहेको जनाइएको छ ।

यसैबीच विप्लव माओवादीले झापाको कनकाई नदीको पुलमा राखेको प्रेसर कुकर बम सेनाको टोलीले डिस्पोज गरेको छ । मंगलबार बिहानै कनकाई पुलमा प्रेसर कुकर बम फेला परेको थियो ।

त्यसपछि पुगेको सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रुपमा बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापामा प्रहरीले सुरक्षा ब्यवस्था कडा बनाएको जनाएपनि सोमबार ्राती भद्रपुर नगरपालिका परिसरमा नै बक फेला परेको थियो । उक्त बमलाई सेना डिस्पोज गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय