Monday, October 7, 2024

कुमार भट्टराईको नाममा सोसाइड नोट लेखेर बिर्तामोडमा व्यापारीले गरे आत्महत्या

spot_img

बिर्तामोड । झुण्डिएर आत्महत्या गर्ने बिर्तामोड–४ का व्यवसायी दिपक ढकालले लेखेको सोसाइट नोट फेला परेको छ । प्रहरीले झुण्डिएकै ठाउँमा सोसाइड नोट फेला पारेको हो ।

झुण्डिएर आत्महत्या गर्ने व्यवसायीले ‘कुमार भट्टराईका कारण म मरेको’ सोसाइड नोटमा लेखेका छन् । उनले अंग्रेजीबाट लेखेको नोट प्रहरीले लाहा छाप गरी सुरक्षित राखेको छ । सोसाइड नोट लेखेको इलाका प्रहरी कार्यालय अनारमनीले पुष्टि गरेको छ ।

ढकाल बिर्तामोडमा एक दशक देखि भद्रपुर रोडस्थित अन्नपूर्ण चोकमा विपम फर्निचर सञ्चालन गर्दै आएका थिए । उनका छोरा विपमका अनुसार आज विहान परिवारसँग सँगै खाना बुबा पसल आएका थिए । घरबाट हिडेको आधा घण्टामा घटना भएको परिवारले जानकारी पाएको थियो ।

विपमका अनुसार बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र दिपक ढकाल मिल्ने साथी थिए । साथीको नाताले उनीहरु विचमा कारोवार पनि हुने गरेको थियो । स्रोतका अनुसार १५ लाखभन्दा बढि रकम भट्टराईले ढकाललाई तिर्नु थियो ।

मृतकका छोरा विपमले बताएका अनुसार भट्टराईले बुबालाई लाखौं रमक तिर्न बाँकी थियो । इप्रका अनारमनीका प्रमुख मोहन थापाले सोसाइड नोटका बारेमा अनुसन्धान हुने बताएका छन् ।
ढकालको शव पोष्टमार्टमका लागि अञ्चल अस्पताल भद्रपुर लगिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय