Monday, October 7, 2024

आज ४ बजे बजेट आउदैं, वृद्ध भत्ता एक हजार, कर्मचारी तलव २०% बढ्दैं

spot_img

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६र०७७ को बजेट संघीय संसदमा बुधबार दिउँसो ४ बजे प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट पेश गर्नेछन्। त्यसअघि दिउँसो २ बजे बस्ने राष्ट्रिय योजना आयोग र ३ बजे बस्ने मन्त्रिपरिषद बैठकबाट बजेट पारित गरिदैं छ ।

अघिल्लो पटक पार्टी घोषणापत्र अनुसारको बजेट नल्याएको भन्दै आलोचित भएका अर्थमन्त्री खतिवडाले यसपटक केही लोकप्रिय कार्यक्रम समेटेर बजेट ल्याउने तयारी गरेको बुmिभएको छ ।

राष्ट्रिय योजना आयोगले सुरुमा १४ खर्ब ९३ अर्ब रुपैयाँभित्र बजेट ल्याउन सीमा तोकेको थियो। मन्त्रालयले आयोगको सिलिङमा रहेर बजेट ल्याउन नसकिने भनेपछि आयोगले मध्यमकालीन खर्च संरचना अनुसार १५ खर्ब ७७ अर्बसम्म जान सक्ने बाटो खोलेको थियो।
चालू आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याइएपनि आर्थिक वर्ष सकिन लाग्दा जम्मा ५६ प्रतिशत मात्रै बजेट खर्च भएको छ।

के छ बजेटमा

  • कर्मचारीको तलब २० प्रतिशतसम्म वृद्धि
  • वृद्ध भत्ता एक हजार रुपैयाँसम्म बढाउने
  • स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रममार्फत् सांसदहरुलाई यसअघि दिइएको ४ करोडमा डेढ करोड थपेर साढे ५ करोड पुर्‍याइने
  • बजेटको आकार झण्डै १६ खर्ब हराहारीको छ ।
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय