Monday, October 7, 2024

सर्लाहीमा नगरपालिकाकाे कार्यालयमा बम विस्फोट

spot_img

सर्लाही । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले सर्लाहीको हरिपुर नगरपालिका कार्यालयमा आल्मुनियम बम विस्फोट गराएका छन् ।

आइतबार राति ११ बजे कार्यालयको बाहिरी पर्खालमा बम विस्फोट गराइएको हो । विस्फोटका कारण चार मिटर पर्खाल भत्किनुका साथै कार्यालयको तीनवटा झ्यालको सिसा फुटेको नगर प्रमुख जमरुद्दिन मन्सुरले जानकारी दिनुभयो ।

विप्लव नेतृत्वको माओवादीले सोमबारको बन्दलाई लक्षित गर्दै बम विस्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: जेठ १३, २०७६

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय