Monday, October 7, 2024

एक सातामा बितीसक्दा पनि पक्राउ परेनन् भारतीयलाई नागरिकता सिफारिस गर्ने जनप्रतिनिधि

spot_img

२५ वैशाख, कचनकवल । पक्राउ पुर्जी जारी गरेको एक साता वितिसक्दा पनि झापा प्रहरीले भारतीयलाई नागरिकता दिन कागजात मिलाउने झापा कचनकवल–२ का वडाध्यक्ष, वडा सचिवसहित नौ जनालाई पक्राउ गर्न सकेको छैन ।
प्रहरीका अनुसार हालसम्म एक जना पनि पक्राउ परेका छैनन् । अदालतले वैशाख १७ वडाध्यक्ष मुखबहादुर भट्टराईसहित नौ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष भट्टराईले वैशाख १९ मा काम विशेषले काठमाडौं जानु छ भन्दै वडा सदस्य चन्द्रशेखर अधिकारीलाई वडा कार्यालयको सम्पूर्ण जिम्मेवारी दिएका छन् ।
कचनकवल गाउँपालिका २ का बमबहादुर गुरुङले आफ्नो जेठो छोरा भन्दै भारतीय नागरिक आसाम राज्यको मणिपुर कानकोपी जिल्लाका ३५ वर्षीय भुपाल गुरुङलाई वंशजको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय झापा पुगेका थिए । दुवै जनालाई प्रहरीले प्रशासन कार्यालयबाटै वैशाख १० मा पक्राउ गरेको थियो । दुई जना पक्राउ परेपछि झापा अदालतले कागजात प्रक्रिया मिलाउने वडाध्यक्ष भट्टराई, वडा सदस्य धनबहादुर गुरुङ, वडा सचिव हरिप्रसाद गौतम, कर्मचारी खगेन्द्रप्रसाद खतिवडा, कचनकवल–२ की कविता गुरुङ, गङ्गाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना, शिवकुमार दाहालको नाम पक्राउ पुर्जी जारी गरेको हो । यता जिल्ला प्रहरी कार्यालय झापाले इलाका प्रहरी कार्यालय बनियानीलाई अदालतको पक्राउ पुर्जी पठाउँदै उल्लिखित नाम भएका व्यक्तिलाई पक्राउ गर्न आदेश दिइसकेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय