Monday, October 7, 2024

विजेपीका नेता मोहम्मद मीरको हत्या

spot_img

भारत प्रशासित कश्मीरमा भारतीय जनता पार्टी (भाजपा) का नेता गुल मोहम्मद मीरको हत्या भएको छ।

अनन्तनाग जिल्लाका नेता मीरलाई शनिबार राति गोली हानी हत्या गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यो घटना पाँचौँ चरणको लोकसभा निर्वाचन हुन दुई दिन बाँकी छँदा भएको हो। भारतका विभिन्न प्रान्तमा सोमबार पाँचौँ चरणको लोकसभा निर्वाचन अन्तर्गत मतदान हुँदैछ। भारतीय जनता पार्टीले घटनाको निन्दा गर्दै छानबिनको माग गरेको छ।

प्रहरीले एक बयान जारी गर्दै नीरमाथि नौगामस्थित उनँकै घरमा आक्रमण भएको जनाएको छ। आक्रमणपछि गम्भीर घाइते उनलाई अस्पतालमा पुर्‍याइएको थियो। उपचारका क्रममा अस्पतालमा मृत्यु भएको भारतीय सञ्चारमाध्यले उल्लेख गरेका छन्। मीर हत्याको जिम्मेवारी हालसम्म कुनै समूहले लिएको छैन।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय