Monday, October 7, 2024

भारतको महाराष्ट्रमा नक्सलवादी आक्रमण : १५ सुरक्षाकर्मीको ज्यान गयो

spot_img

भारतको महाराष्ट्र राज्यको गढचिरौली जिल्लामा नक्सलवादीहरुले गरेको आक्रमणमा परि १५ जना प्रहरीको ज्यान गएको छ ।

बुधबार गस्तीमा गैरहेको प्रहरीको गाडीलाई लक्षित गरी नक्सलवादीको एक समूहले आईडी बम विस्फोट गराएको हो ।

गाडीमा १६ जना प्रहरी सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अहिले पनि त्यस क्षेत्रमा नक्सलवादी र सुरक्षाकर्मीबीच भिडन्त जारी रहेको छ ।

केही समयअघि मात्रै महाराष्ट्रका विभिन्न ठाउँमा माओवादीहरुले तीन दर्जनभन्दा बढी गाडी जलाएको खबर आएको थियो ।

महाराष्ट्र राज्यमा सरकारले राज्य स्थापना दिवस मनाइरहँदा घटना घटाइएकाे छ । माओवादीहरुले भने गएकाे वर्षकाे अप्रिल २२ मा आफ्ना ४० कार्यकर्ताकाे सुरक्षाकर्मीबाट हत्या भएकाे स्मृतिमा एक हप्ता लामाे  विराेधका कार्यक्रम राख्दै आएकाे थियाे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय