१३ बैशाख, झापा । चट्याङ लागेर झापाको भद्रपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ६ नयाँबारी बस्ने ३२ बर्षीय भीम राजवंशी रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार घरभित्र सुतिरहेका राजवंशीलाई शुक्रवार विहान २ बजे बर्षासँगै परेको चट्याङले लागेको थियो ।