Tuesday, October 8, 2024

सपना गुरुङ हत्याकाण्ड : पिडितले १४ बर्षसम्म पनि पाएनन् राहत

spot_img

१२ बैशाख, बेलबारी । मोरङको बेलबारीमा “सपना गुरुङ हत्याकाण्ड” का नामले परिचित तत्कालीन शाही नेपाली सेनाले गरेको एउटा नरसंहारकारी घटना भएको आज १४ बर्ष पुगेको छ । सोही घटनामा ज्यान गुमाएका र घाईते भएकाहरुले घटना भएको यतिका बर्ष बित्दा समेत उचित राहत पाऊन सकेका छैनन । देशमा लोकतन्त्र प्राप्त भएको खुसीयाली मनाईरहेका बेला बि.स २०६३ बैशाख १२ गते राति मोरङको बेलबारी ३ मा स्थानीय सपना गुरुङको शाही नेपाली सेनाले बलात्कार पछि हत्या गर्यो । सोही घटनाको बिरोधमा बैशाख १३ गते दोषीलाई कारबाहीको माग गर्दै उत्रिएको हजारौ स्थानीयको भिडलाई लक्षित गरी दिउँसो साढे २ बजे तत्काmीन क्याप्टेन प्रल्हाद थापाको नेतृत्वमा रहेको सेनाले गोली चलाउँदा ६ जनाको मृत्यु भएको थियो भने ५२ जना घाईते भएका थिए ।

सोही घटनामा बेलबारी ३ का सुनिता ऋषिदेब बेलबारी २ का प्रसाद गुरुङ,इन्द्रपुर ३ का फुर्बा तामाङ,इन्द्रपुर ४ का प्रभुनाथ भटराई,मृगौलिया ८ का छत्र बहादुर परियारको मृत्यु भयो भने सो घटनामा घाईते भएका बेलबारी ४ का गोपालचन्द्र गौतमले पनि पिडा सहन नसकेपछि २०६६ चैत १४ गते आत्माहत्या गरे । २ सन्तानको लालन पालन गर्दै बिदेशिएका श्रीमानको प्रतिक्षामा मोरङको बेलबारी ३ मा डेरा गरेर बसेकी सपना गुरुङको नेपाली सेनाले बलात्कार पछी हत्या गरेको भन्दै स्थानीय बिरोधमा उत्रिएका थिए ।

सोही घटना भएको १४ बर्ष पुग्यो तर बेलबारी र आसपासका बासिन्दाले त्यो दिन अझै भुल्न सकेका छैनन । सोही घटनापछि बेलबारीबासीहरुले आजको दिनलाई कालो दिनमा रुपमा चित्रण गर्ने गरेका छन । सो घटना सम्झदा सम्म आङ सिरिङग हुन्छ जो कोहीका लागी तरपनि घटनाका घाईतेहरुले आजसम्म पनि उचित क्षतिपुर्ति नपाउँदा पीडितहरुलाई पिडामाथी पिडा थपिएको छ ।

घटनाको छानविन गर्न तत्कालिन सांसद परी थापाको संयोजकत्वमा गठीत छानवीन समितिले मृतकका परिवारलाई १० लाख, अङभङग् भई घाइते भएकालाई ६ लाख, घाइतेलाई ७५ हजार र सामान्य घाइतेलाई २५ हजार Ôतिपूति दिर्न सरकारलाई सिफारिस गरेको थियो । सरकारले भने मृतक परिवारलाई जनही ३ लाख, अङगभङ्ग भई घाइते भएका १० जनालाई जनही ७५ हजार, घाइते २२ जनालाई जनही २५ हजार र सामान्य घाइतेलाई १० हजारका दरले Ôतीपुर्ति दिएको थियो ।

सपनाको हत्यापछि उनका १ छोरा र १ छोरीको हेरचाह गर्ने जिम्मा समेत हजुरआमा शोभा गुरुङको काँधमा छ । थुप्रैपटक हेरचाहका लागी खर्च दिने छोराछोरीलाई पढाईदिने आश्वासन आएपनि सो पुरा हुन नसकेको शोभाको गुनासा्े छ । उनको अब एउटै सपना छ दोषीलाई हदैसम्मको कारबाही भएको देख्न र सुन्न पाए छोरीको मृत आत्माले शान्ति पाउने थियो ।
सपना गुरुङ् हत्या काण्डका दोÈीलाई तत्काल कारवाही घाईतेलाई Ôतिपूर्ति उपचारको माग राखेर पीडितले थुप्रैपटक आन्दोलन गरे ्। सङघर्ष समिति पनि बन्यो तर केही पनि राहत मिल्न नसकेको पिडितहरु बताउँछन । सात जनाको ज्यान जाने गरी भएको हत्या काण्डका पीडितले पटक–पटक सरकारको ध्यानाकर्Èण गराउ“दा पनि वास्ता नगरेकाले आन्दोलन गर्नका लागि घाइते हेमसागर ढकालको संयोजकत्वमा पीडित संघर्È समिति गठन गरी पटक पटक गिरिजाप्रसाद कोइराला,माधब कुमार नेपाल,पुष्पकमल दहाल नेतृत्वको सरकार समक्ष पुगेपनि कुनै सुनुवाई भने हुन सकेन । घटनाका घाईतेहरुले अहिले पनि दोषीलाई कारबाही र उचित राहतको माग गरिरहेका छन ।

नेपाली सेनाले सो घटनामा बिद्रोही पक्षले बेलबारी कब्जा गर्ने हल्ला सुनेपछि हाई अलर्टमा रहेका नेपाली सेनाको टोलीले मध्यरातमा हिँडिरहेकी गुरुङलाई रोकिन् निर्देशन दिएपनि नरोकिएपछि गोली चलाएको बताउँदै आएको छ । घटनामा दोषीलाई कारबाही भयो,भएन भन्ने बारेमा नेपाली सेनाले अहिलेसम्म सार्बजनिक गरेको छैन । Copy PurbeliNews.com

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय