Tuesday, October 8, 2024

विप्लवका झापा इञ्चार्जसहित दुई कार्यकर्ता पक्राउ

spot_img

१० वैशाख, झापा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका झापा जिल्ला इन्चार्ज पक्राउ परेका छन् । शिवसतासी नगरपालिका ११ बस्ने सौगात कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले जिल्ला इञ्चार्ज कटुवाललाई बिर्तामोड नगरपालिका ३ आँखा अस्पताल छेउबाट आइतबार बेलुका पक्राउ गरेको बताइएको छ। कटुवालसँगै रहेका नेकपाका कार्यकर्ता अर्जुनधारा नगरपालिका ११ का अर्जुनकुमार चौहानलाई पनि प्रहरीले पक्राउ गरेको छ।

नेकपाका नेता त्यस क्षेत्रमा आएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएका प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय