Tuesday, October 8, 2024

तारा एयरको विमान धावनमार्गमा चिप्लियो

spot_img

९ वैशाख, रामेछाप । सोलुखुम्बुको फाप्लुबाट रामेछाप आएको  जहाज ल्यान्ड गर्ने क्रममा तारा यएरलाइन्सको जहाज सोमबार विहान दुर्घटना भएको छ ।

काठमाण्डौबाट १४ जना विदेशी पर्यटक यात्रु बोकेर सोलुखुम्बुको फाप्लुतर्फ जाँदै गरेको तारा यएरलाइन्सको नाइन एन एकेके डोर्निएर जहाज मौसम खराबको कारण फाप्लुमा अवतरण गर्न नसकेपछि रामेछापको मन्थली विमानस्थलमा अवतरणको लागि फर्किएको थियो ।

जहाज ल्याण्ड गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर रन वेको पश्चिमतर्फको घाँसे मैदानतर्फ गएर रोकिएको छ । जहाजमा सवार सबै यात्रुहरु र चालक दलका सदस्यहरु सकुसल रहेको रामेछाप नागरिक उड्डयन प्राधिकरणका प्रमुख अमितकुमार चौरसियाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘जहाज ल्याण्ड गर्ने क्रममा जहाजको एउटा हाइड्रोलिक फेल हुँदा जहाजमा ब्रेक नलागेर उक्त दुर्घटना भएको  हो ।’ दुर्घटनाबाट जहाजको अगाडीको भागमा क्षति पुगेको उहाँले बताउनुभयो ।

जहाज दुर्घटनापछि रामेछापबाट सोलुखुम्बुको फाप्लु तर्फका सबै उडानहरु अहिले पूर्णरुपमा बन्द गरिएको छ । जहाज रनवेबाट नहटाएसम्म आजका उडानहरु बन्द गरिएको नागरिक उड्डयन प्राधिकरण रामेछापले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय