Monday, October 7, 2024

श्रृङ्खलाबद्ध विष्फोटमा ५० जनाको मृत्यु

spot_img

एजेन्सी । श्रीलंकाका विभिन्न चर्च र होटलहरुमा भएका श्रृङ्खलाबद्ध विष्फोटमा ५० जनाको मृत्यु भएको छ । २ सय बढी घाईते छन् ।

राजधानी कोलम्बोस्थित कोचिकाडे, नेगोम्बु र बाट्टीकालो चर्चमा विष्फोट भएको बीबीसीले उल्लेख गरेको छ । यस्तै कोलम्बोस्थित सांग्रीला, सिनामन ग्राण्ड र किंगस्वरी होटलमा विष्फोट भएको हो ।

विष्फोटको यकिन विवरण आउन बाँकी छ । क्रिश्चियन धर्मावलम्बीहरुको चाड ईस्टर सन्डेको मौका पारी आक्रमणकारीले विष्फोट गराएका थिए । आक्रमणको जिम्मा अहिलेसम्म कसैले लिएको लिएको छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय