Tuesday, October 8, 2024

सगरमाथाको उचाइ मापन गर्ने काम ६० प्रतिशत सकियो

spot_img

२९ चैत, सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन काम ६० प्रतिशत सकिएको नापी विभागले जनाएको छ ।

सिरहाको माडरदेखि सोलुखुम्बुको पत्ताले, फाप्लु नजिकैको छुल्याङ्मु डाँडा र पिके डाँडासम्मको उचाइ लिएर सम्पर्क स्थापित गर्ने काम भैसकेको र यो काम सकिएसँगै ६० प्रतिशत काम सम्पन्न भएको सगरमाथा मापन योजनाका संयोजक तथा प्रमुख नापी अधिकृत सुशील डंगोलले बताउनुभयो ।

अब प्राविधिक टोलीले सगरमाथा उचाइमा पुगेर उचाइ मापन गर्नेछन् । सगरमाथाको आधिकारिक उचाइ आठ हजार आठ सय ४८ मिटर मानिए पनि नेपालले भने पहिलो पल्ट मापन गर्न लागेको हो ।

यसअघि भारत, चीन, अमेरिकालगायत देशले सगरमाथाको उचाइ मापन गर्दै आएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय