Monday, November 25, 2024

होली हर्षोल्लासपूर्वक मनाइँदै

spot_img

६ चैत, काठमाडौं । हिमाली र पहाडी जिल्लाहरुमा बुधबार हर्षोल्लासका साथ होली मनाइँदैछ । तराई मधेसका जिल्लामा भने भोलिपल्ट होली मनाइन्छ । यी दुवै दिनहरुमा सरकारले सार्वजनिक विदा दिएको छ ।

विभिन्न रङ, अबिर र लोला खेलेर होली मनाउने परम्परा छ । आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । होली पर्वलाई मेलमिलाप र सदभावको पर्वको रुपमा पनि लिइन्छ ।

बसन्त ऋतुसँगै आउने होली हरेक वर्ष फागुन शुल्क पूर्णिमाको दिन मनाइन्छ । शुल्क पूर्णिमाभन्दा एक साता अगाडि काठमाडौंको वसन्तपुरमा चीर ठड्याएपछि होली सुरु भएको मानिन्छ । रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको तीनतले चीर होली पूर्णिमाको भोलिपल्ट जलाइन्छ ।

होली पर्व असत्यमाथि सत्यको विजय उत्सवको रूपमा रङ दलेर मनाउने गरिएको धार्मिक मान्यता छ । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिएको बताइन्छ ।

होलीको अवसरमा बिभिन्न संघसंस्थाले होली विशेष कार्यक्रम आयोजना गरेका छन् ।

होलीलाई मर्यादित र सभ्य बनाउन प्रहरी सक्रिय छ । विगतका वर्षजस्तो यस वर्ष होली पूर्णिमाको एक साता अगाडि देखि नै सडकमा हिँड्नेहरुलाई लोला हान्ने क्रम रोकिएको छ । दुर्घटनारहित होली बनाउने उद्देश्यले ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका ७७ स्थानमा जाँचको व्यवस्थासमेत मिलाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय