Wednesday, October 9, 2024

सुरक्षालाई मध्यनजर गर्दै ताप्लेजुङका गाउँ–गाउँबाट प्रशासनले हतियार संकलन गर्न थाल्यो

spot_img

३० फागुन, ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा सुरक्षालाई मध्यनजर गर्दै ग्रामीण क्षेत्रबाट हात हतियार संकलन सुरु गरिएको छ । अवैध रुपमा लुकाएर राखिएका तथा लाइसेन्स लिएर आधिकारिक रुपमा राखेका हातहतियारहरु संकलन गर्न जिल्ला प्रशासनले सुरु गरेको हो ।

जिल्लाको सबैभन्दा ठूलो गाउँपालिका फक्ताङलुङबाट १० वटा हात हतियारहरु संकलन गरिएको छ । ९ थान भरुवा बन्दुक र एक थान एकनाले बन्दुक बिहीबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी संकलन भएका भरुवा बन्दुकहरु सार्वजनिक गरेको हो ।

फक्ताङलुङ गाउँपालिकाको ईखाबु, लिङखिम तथा खेजेनिमबाट ती हतियार संकलन गरिएको प्रहरी प्रमुख डीएसपी संजयसिंह थापाले बताउनुभयो । जिल्लाका विभिन्न ठाउँमा बन्दुक पड्किएर जनधनको क्षति भएको तथा जिल्लामा अवैध शिकार गर्नेको संख्यासमेत उल्लेख्य मात्रामा बढेको हुनाले हा हतियार संकलन गरिएको डीएसपी थापाले बताउनुभयो ।

जिल्लाको मैवाखोला, सिदिङवा, फक्ताङलुङ तथा आठराई त्रिवेणी गाउँपालिकामा अवैधरुपमा शिकार गर्नेको संख्या बढेको भन्दै मैखिक रुपमा हल्ला आएको हुनाले पनि हात हतियार संकलन गर्न सुरु गरिएको हो ।

हातहतियार संकलनको लागि गएको माघ महिनामा जिल्लाका सबै गाउँपालिकालगायत सर्वपक्षीया भेला राखी सहमति जुटाएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभयो । त्यसपछि फागुन ९ गते सम्पूर्ण स्थानीय निकायलाई हातहतियार संकलन गर्नका लागि पत्र पठाएको प्रजिअ भण्डारीले बताउनुभयो ।

त्यसपछि हतियार संकलन थालिएको र पहिलो पटक फक्ताङ्लुङबाट संकलन गरिएको बताउँदै प्रजिअ भण्डारीले सूचना प्रवाह गरेपछि स्वतःस्फुर्त रुपमा केही संकलन भएका र सुराकीका आधारमा घर गई हतियार ल्याएको समेत बताउनुभयो ।

जिल्लामा वैधानिक रुपमा झण्डै २७५ जति हतियार रहेका र ती सबै संकलन गर्न सबैलाई अनुरोध गरिएको छ । अवैधानिक रुपमा भएका हतहतियार पनि सबै संकलनका लागि अनुरोध गरिएको छ । तर अटेर गरेर घरमै राखिए र प्रहरी प्रशासनले भेटेमा हतहतियार खरखनासम्बन्धी मुद्दा लगाएर कारबाही गरिने समेत प्रजिअ भण्डारीले बताउनुभयो ।

प्रजिअ भण्डारीले यदि प्रहरी प्रशासन तथा सम्बिन्धित निकायमा ल्याएर हातहतियार बुझाएमा पुरस्कारको व्यवस्थासमेत रहेको बताउनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय