Saturday, October 5, 2024

मनाङले झापा गोल्डकप नखेल्ने : कारण एस्तो छ

spot_img

२२ फागुन, झापा । ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लबले झापा गोल्डकप फुटबल प्रतियोगिता नखेल्ने भएको छ । मनाङका महासचिव अनिल गुरुङले एएफसी कपको तयारी गर्नुपर्ने भएका कारण झापा गोल्डकप नखेल्ने भएको बताएका छन् । एएफसी कप अप्रिल ३ बाट हुँदैछ । उनले टिमले एएफसी कपको लागि बिहीबारबाट प्रशिक्षण सुरु गरिने बताए । प्रशिक्षण एन्फा कम्प्लेक्समा हुनेछ ।

टिमका कप्तान विराज महर्जनले मुख्य खेलाडीहरु घाइते भएको र फेरि खेल्दा घाइते भए टिमलाई नै समस्या हुने भएका कारण झापा गोल्डकप नखेल्ने निष्कर्षमा टिम पुगेको बताए । ‘आउट अफ भ्याली भन्दा पनि हामीलाई अहिले एएफसी कप बढी महत्वपुर्ण छ’ कप्तान महर्जनले भने, ‘टिम पनि सेफमा छैन । मुख्य खेलाडी अन्जन विष्ट, प्रकाश बुढाथोकी, कमल श्रेष्ठ र एडिलाजा सोमिडेलगायतका खेलाडीहरु इन्जर छन् । एएफसी कप नजिकिदै गर्दा मोफसल खेलेर टिमलाई झनै गाह्रो बनाउने छैनौं ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय