Wednesday, October 9, 2024

बालिका करणीको आरोपमा युवक पक्राउ

spot_img

२१ फागुन, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा यही नगरपालिकाका २५ वर्षीय मिनकुमार श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय बेल्टारले जानकारी दिएको छ ।

फागुन १७ गते राति ७ बजेको समयमा १४ वर्षीया बालिकालाई बालिकाकै घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको भन्ने पीडितका आफन्तले २० गते प्रहरीलाई जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको प्रहरी निरीक्षक गंगा पौडेलले जानकारी दिनुभयो ।

पक्राउ परेका श्रेष्ठको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय