Monday, October 7, 2024

अमेरिकामा शक्तिशाली तुफान, २३ जनाभन्दा बढीकाे मृत्यु

spot_img

शक्तिशाली तुफान (टोर्नाडो)का कारण अमेरिकामा कम्तीमा २३ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएकाे छ ।

साेमबार बिहान स‌ंयुक्त राज्य अमेरिकाकाे  अलाबामा राज्यमा पर्ने ली काउन्टीमा टोर्नाडोका कारण केही बालबालिकासहित कम्तीमा २३ जनाको ज्यान गएको र सङ्ख्या अझै बढ्न सक्ने बीबीसीले बताएकाे छ ।

कयौँ घर तथा भवन भत्किएका छन् । अहिले अधिकारीहरुले त्यो क्षेत्रमा जान निषेध गरेका छन् । त्यहाँका राष्ट्रिय माैसम विभागले बताए अनुसार टोर्नाडो करिब एक किलोमिटर फराकिलाे बाटो बनाउँदै १ सय ६५ माइल प्रति घण्टाको रफ्तारमा चलेको थियो ।

Embedded video

 

अधिकारीहरुले बताए अनुसार घाइतेहरुको पहिचान भइरहेको छ । ली कन्टीका स्थानीयले अहिलेसम्मकै शक्तिशाली तुफान भएको बताएका छन् ।

उद्धारकहरु अहिले पनि कतिपय क्षेत्रमा उद्धारको लागि खटिरहेका छन् । अल्बामा मेडिकल केन्द्रले बताए अनुसार ४० जना घाइतेहरुको उपचार भइरहेको छ र अझै सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

टाेर्नाडो पछि त्यहाँ एकदमै चिसो मौसम सुरु हुने र त्यसले त्यहाँका पानीका स्रोतहरु पनि जम्ने बताइएको छ ।

राष्ट्रिय मौसम निकायले निकै शक्तिशाली आँधीले अलाबामा करिब एक किलोमिटरको क्षेत्रमा व्यापक क्षति गर्न सक्ने पूर्वानुमान गरेको थियो ।

आइतबार अपराह्न आँधी आएलगत्तै आपतकालीन उद्धारकर्मीहरु खोज तथा उद्धारका लागि परिचालन गरिएका थिए । उक्त आँधी जर्जिया, दक्षिण क्यारोलिना र फ्लोरिडा राज्यतर्फ पनि फैलिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरी सावधानी अपनाउन र सुरक्षित रहन आग्रह गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय