Wednesday, October 9, 2024

आफैंले बोकेको एम १६ राइफलको गोलीले सैनिक जवानको मृत्यु

spot_img

१९ फागुन, काठमाडौं । आफैंले बोकेको हतियारको गोलीबाट नेपाली सेनाका एक जवानको ज्यान गएको छ । धनकुटाको बरख गणमा कार्यरत सैनिक जवान चेतराज जोशीको मृत्यु भएको हो ।

नेपाली सेनाको जङ्गी अड्डाका प्रवक्ता एवं सहायक रथी यामप्रसाद ढकालका अनुसार उनले बोकेको एम १६ राइफलको गोली लागेर उनी गए राति गम्भीर घाइते भएका थिए ।

उपचारका लागि उनलाई जिल्ला अस्पताल, धनकुटा लगिए पनि राति नै मृत्यु भएको थियो । गणको डियूटीमा रहेका जोशीले आफैंलाई किन गोली हाने भन्ने विषयमा छानबिन भइरहेको ढकाल बताउँछन् ।

प्रहरी अधिकारीहरु भने घटनाको प्रकृति हेर्दा बन्दुक भुलवश पड्किएको हुन सक्ने बताउँछन् । यद्यपि, घटना पछाडिको कारणबारे विस्तृत अनुसन्धानपछि नै खुल्नेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय