Wednesday, October 9, 2024

झापाको शिवसताक्षीमा १० मेघावट विद्युत उत्पादन गरिने

spot_img

१३ फागुन, शिवसताक्षी । मुलुकले भोगिरहेको उर्जा संकटलाई मध्यनजर गर्दै झापाको शिवसताक्षीमा सोलर पावरद्वारा विद्युत उत्पादन गरिने भएको छ ।

झापा ईनर्जी लिमिटेडले शिवसताक्षी ४ स्थित बुलु चोकमा ८७ करोडको लागतमा १० मेघावट क्षमताको सोलार पावर उत्पादन गर्न लागेको हो ।

इनर्जी लिमिटेडले सोलार पावर परीयोजनाका लागी २५ विघा जमिन खरिद गरि सकेकोे छ ।
परियोजनाका लागि संरचना निर्माण र सोलार जडान आउँदो बैशाखदेखि सुरु गरिने १ वर्ष भित्र परियोजनाका सम्पूर्ण निर्माण कार्य पूरा गरी संचालनमा ल्याउने निर्माण समितिले जनाएको छ । शनिवार क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सांसद तथा आयोजना सञ्चालक एलपी साँवा लिम्बु, तथा जनप्रतिनिधीहरुले परियोजना स्थलको अवलोकन गरेका छन् ।

२०७५ आश्विन १६ गते झापा ईनर्जी लिमिटेड नामक संस्था दर्ता भई पौष ८ गते विद्युत विकास विभागबाट विद्युत उत्पादनको सर्वेक्षण अनुमती पत्र समेत लिई सकेको बताइएको छ । उर्जा उत्पादन सँंगै परियोजनालाई अझ लाभदायक बनाउनका लागी कृषि र उर्जा पर्यटनसँग थप योजनाहरु अगाडी बढाउने झापा ईनर्जी लिमिटेडका अध्यक्ष तथा क्षेत्र नम्बर ४ का सांसद एलपी साँवा लिम्बुले बताए । उनले विधुत शक्ति उत्पादन गर्ने क्षमता रहने आयोजनाबाट बार्षिक १० दशम्लब ८६ करोडको नाफा हुने अनुमान गरिएको बताए ।

आयोजनामा शेयर लगानी गर्न जोखिम नहुने र पहिले नेपाल विद्युत प्राधिकरणसंग सम्झौता भएकोले लगानी गर्न कुनै दुविधा नहुने लगानीकर्ता नारायण प्रसाद पोख्रेलले जानकारी दिए । झापा ईनर्जी लिमिटेडले कोरियन कम्पनी एन के सोलारसँग सहकार्य गरेको छ । सुखी नेपाली, समृद्ध नेपाल अभियान अन्र्तगत १० मेगावाट सोलार पावर परियोजनाका लागि झापाका सबै नगरपालिका तथा गाउँपालिकाहरुको संयोजन रहेको परियोजनामा सम्पन्न गर्न संसाद साँवाले गर्न सबैलाई सहभागी हुन आग्रह गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय