Wednesday, October 9, 2024

देशैभर एनसेलका कार्यालय र टावर निशानामा, सुरक्षा सतर्कता बढाइयो

spot_img

११ फागुन, काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा एनसेलका कार्यालय तथा टावरलाई लक्षित गरी आक्रमण भएपछि सुरक्षा सर्तकता बढाएको प्रहरीले जनाएको छ ।

शुक्रबार ललितपुरको नख्खु, नवलपरासी, कास्की, कञ्चनपुर, बुटवल, अछाम, कपिलवस्तु, काभ्रे, रौतहटलगायतका जिल्लामा एनसेलको टावरमा बम विस्फोट तथा आगजनी भएपछि देशभरि नै सुरक्षा सतर्कता बढाएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार आक्रमणमा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । ललितपुरको नख्खुमा शुक्रबार बेलुकी बम विस्फोट हुँदा लमजुङका सिंहप्रसाद गुरुङको ज्यान गएको छ भने अरु दुई जना घाइते भएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय