Wednesday, October 9, 2024

एकै रात दर्जन भन्दा बढी एनसेल टावरमा विस्फोट र आगजनी

spot_img

११ फागुन । निजी क्षेत्रको मोबाइल प्रदायक कम्पनी एनसेलको नख्खुस्थित मुख्य कार्यालयमा कुकर बम विस्फोट गरेलगत्तै देशका दर्जन बढी जिल्लामा आक्रमण भएको छ ।

यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आक्रमण गरेकै शैलीमा दर्जन भन्दा बढी जिल्लामा रहेकाा एनसेलका टावरमा आगजनी र बम आक्रमण भएको हो । यस पटकको आक्रमणमा पनि विप्लव नेतृत्वको नेकपाकै हात रहेको आशंका गरिए पनि उसले अहिलेसम्म घटनाको जिम्मेवारी लिएको छैन ।

रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ सूर्यपुरास्थित एनसेलको टावरमा आगजनी गरिएको छ । यो घटनाको पुष्टि रुपन्देहीका एसपी हृदय थापाले गरेका छन् ।

अपरिचित व्यक्तिले बोरामा आगो सल्काएर टावरमा आगजनी गरेको उनले बताए । आगजनीले टावरका तार जलेर नष्ट भएका छन् । घटनास्थलमा प्रहरी तत्काल पुग्दा मानवीय र अन्य ठूलो क्षति हुन नपाएको थापाले बताए ।

रौतहटमा पनि

प्राप्त समाचार अनुसार रौतहटको चन्द्रपुर नगरपालिकास्थित गैडाटारमा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ । त्यहाँ भएको आगजानीपछिका क्षतिको विवरण प्राप्त भइसकेको छैन ।

पोखरामा आगजनी 

शुक्रबार राति करिब १० बजे पोखरा महानगरपालिका–२७ चन्द्रकालिका डाँडाँको नाकस्थित एनसेलको टावरमा आगजनी भएको छ ।

प्रहरी कार्याल सिस्वाका अनुसार डाडाँमा रहेकाले दम्कमल आउँदा आउँदै टावर जलेर नष्ट भएको हो । एनसेलको टावर जलेपछि लेखनाथ क्षेत्रमा विद्युत र इन्टरनेटको लाइन काटिएको थियो ।

काभ्रेमा पनि

काठमाडौँ नजिकैको काभ्रेमा पनि एनसेलको टावरमा आगजनी गरिएको छ । काभ्रेको कोसीपारीस्थित भुम्लु गाउँपालिकास्थित सल्ले भुम्लु डाँडामा रहेको एनसेलको बिटिएस टावरमा आगजनी भएको हो । तर क्षतिको विस्तृत विवरण आइसकेको छैन ।

बागलुङमा पनि क्षति

शुक्रबार राति नै बागलुङका विभिन्न स्थानमा रहेकाा एनसेलका टावरमा आगगजनी भएको छ । बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण भएको हो । टावरमा आगलागी भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मध्यविन्दुमा पनि आक्रमण 

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ७ अम्रसामा एनसेलको टावरमा आगजनी गरिएको छ । शुक्रबार राति नौ बजेतिर एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ ।

नवलपुर प्रहरीका अनुसार आगजनीबाट एनसेलको टावरमा क्षति पुगेको छ । स्थानीयका अनुसार सुरुमा विस्फोट गराएर आगो लगाइएको हो । आगजनीपछि नवलपुर क्षेत्रमा एनसेलको नेट्वर्कले काम गर्न छाडेको छ ।

कन्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ मा रहेको टावरमा पनि विस्फफाेेट र आगजनी गरि क्षति गरिएको   छ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय