Thursday, October 10, 2024

विवादित बम्जन कहाँ छन् भन्नेबारे प्रहरी नै अनविज्ञ

spot_img

१० फागुन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तपस्वी रामबहादुर बम्जन जिल्लामा भए नभएको यकिन नभएको जनाएको छ । आफूलाई तपस्वी बताउने बम्जनमाथि विभिन्न आरोप लागेपछि उनी पछिल्लोपटक चर्चामा आएका थिए ।बम्जनका अनुयायीले भने उनी सिन्धुलीस्थित आश्रममा भएको दाबी गर्दै आएका छन् । ‘बम्जनमाथि अनुसन्धान जारी रहे पनि उनी कहाँ छन् भन्ने यकिन छैन’, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रबहादुर सिंहले भने, उनका अनुयायी यहीं छन्, भन्छन् तर हामीसँग उनी यहीं छन् भन्ने आधार केही छैन ।’

आश्रमभित्र अनुयायी तथा आनीहरुलाई बेपत्ता पारेको, यौन दुव्र्यवहार भएको जस्ता आरोप लागेपछि बम्जन सार्वजानिक भएका छैनन् । गत माघ ६ गते ३ महिने मैत्री धर्म प्रज्ञा प्रशिक्षण समापन विश्व शान्ति महामैत्री पूजाको कार्यक्रममा बम्जनले सम्बोधन गर्ने कार्यक्रम थियो तर उनी सुरक्षा चुनौती रहेको भन्दै सार्वजनिक भएनन् । त्यसपछि स्थानीयले उनी सिन्धुलीमा नभएको टिप्पणी गर्दै आएका छन् ।

करिब एक महिनाअघि प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी रामेश्वरप्रसाद यादव बम्जनको आश्रममा पुगेका थिए। तर उनीहरुले पनि बम्जनलाई भेट्न पाएनन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय