Wednesday, October 9, 2024

शुल्क नतिर्ने मोरङ–सुनसरी औद्योगिक करिडोरका दर्जनौँ उद्योगका बिजुलीको लाइन काटियो

spot_img

१० फागुन, मोरङ । सुनसरी–मोरङ औद्योगिक करिडोरका दर्जनौँ उद्योगका बिजुलीको लाइन विद्युत प्राधिकरणले काटिदिएको छ ।

प्राधिकरणलाई तिर्न बाँकी शुल्क नबुझाएपछि विद्युत प्राधिकरणले झण्डै ६० उद्योग तथा फर्मको बिजुली कटौती गरेको हो । बिजुली काटिएका उद्योगमा स्वस्तिक फुटवेयर, स्वस्तिक पोलिमार, श्रीराम आइरन, श्रीजी वायर्सलगायत छन् ।

लामो समय कम्युनिष्ट आन्दोलनमा संलग्न रहँदै आएका पुराना  व्यवसायी  ऋषिमोहन रेग्मीको लगानीमा रहेको रामजानकी कोल्ड स्टोरमा पनि विद्युत प्राधिकरणले वितरण केन्द्र विराटनगरले लाइन काटिदिएको छ ।

विराटनगर–४, पिपलचोकमा सञ्चालित कोल्ड स्टोरले ७ लाखभन्दा बढी रकम प्राधिकरणलाई तिर्न आनाकानी गरेपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले लाइन काटेपछि कोल्ड स्टोरमा व्यापारीले राखेका सामान बिग्रिन थालेको छ ।

प्राधिकरणको बक्यौता अनलाइनमार्फत सिधै केन्द्रीय कार्यालयले हेर्न थालेपछि केन्द्रको दबाबपछि बक्यौता धेरै रहेका उद्योगहरुको लाइन काट्न थालिएको वितरण केन्द्रका प्रमुख राजिवकुमार सिंहले बताउनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय